News Portal

थ्रेसरमा चेपिएर सुरुङ्गामा लिम्बुको मृत्यु

रातोपोस्ट संवाददाता
१५१२ पटक

झापा, भदौ १४ । झापा जिल्लाको कनकाई नगरपालिकामा चलिरहेको थ्रेसरमा चेपिएर सुरुङ्गामा एक जनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका वडा- २ निवासी अन्दाजी २३ बर्षिय ट्याक्ट्रर चालक विकास लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय हरि कार्कीको गाइगोठमा च्याउँ रोप्नका लागि पराल काट्ने ल्याइएको थ्रेसर मेशिन चलिरहेको अवस्थामा अचानक मेशिनको नट बल्टु खुस्किएको स्थानियले जानकारी दिएका छन् । स्थानीयका अनुसार मेशिन खुस्किएपछि थ्रेसरमाथि बसेर काम गरिरहेका विकासको टाउको मेशिनमा चेपिएर टाउको काटिएको थियो ।

उक्त पराल स्थानीय जीतबहादुर श्रेष्ठको भएको गोठ संचालक हरिकुमार कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्