News Portal

  • ५ लाख ३० हजार नगदसहित पूर्वाधार बिकास कार्यालय प्रमुख पक्राउ

    रातोपोस्ट संवाददाता
    ४०३ पटक

    बुटवल, भदौ १५ । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् । श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)