News Portal

  • झापा ४ सहित प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिए

    रातोपोस्ट संवाददाता
    ६१६ पटक

    विराटनगर, भदौ १५ । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सुनसरीको धरानमा ६ महिला, १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्‍ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला, ६ पुरुष, लेटाङमा १ महिला, ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला, ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला, २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

    प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)