News Portal

असोज १ देखि अन्तर्राष्ट्रिय उडान हुने

रातोपोस्ट संवाददाता
६५५ पटक

काठमाडौं, भदौ १५ । मन्त्रिपरिषदको बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । दैनिक बढीमा ८ सय यात्री हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको मन्त्री खतिवडाले बताए । अब आइसोलेशनको समस्या नपर्ने र पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी दिए ।

यस्तै नेपालमा परिवारका सदस्य विरामी भएका वा मृत्यु भएमा गैर आवासीय नेपालीलाई नेपाल आउन अनुमति दिने निर्णय भएको छ । यस्तै वैदेशिक रोजगारीमा नेपाली गएका देशमा पिसिआर परिक्षण नहुने देशबाट नेपाल आउन भने अनुमति नदिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्