News Portal

डा. भोला रिजाल दम्पत्तीलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५५१ पटक

काठमाडौं, भदौ १५ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै रिजाल दम्पती धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन्।

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’

सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन्।

प्रतिकृया दिनुहोस्