News Portal

केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु, १ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६३५ पटक

काठमाडौँ, भदौ १६ । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।

अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर सापकोटाले बताए ।

मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन । जेलर सापकोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस्