News Portal

हिरासतमा युवकको मृत्यु घटनामा रौतहटका तीन प्रहरी निलम्बित

रातोपोस्ट संवाददाता
९१६ पटक

काठमाडौं, भदौ १६ । हिरातमा एक युवकको मृत्यु भएपछि रौतहटका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई पदबाट निलम्बन गरेको जनाएको छ।

रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय महराको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको थियो।

निलम्बित प्रहरी निरीक्षक सिंहलाई ६ महिना र प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिकृया दिनुहोस्