News Portal

स्वास्थ्य मन्त्रालयले माग्यो डाक्टर र नर्स

रातोपोस्ट संवाददाता
९६२ पटक

काठमाडौ, भदौ १६ । सरकारले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वयंसेवकको माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कोरोना नियन्त्रणका लागि आवश्यक जनशक्ती माग गरेको हो । मन्त्रालयले चिकित्सक, नर्स, प्यारमेडिक्स र सेवानिवृत स्वास्थ्यकर्मीहरुको माग गरेको छ ।

कोरोना रोगको उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई स्वास्थ्य सेवा दिनका लागि स्वयंसेवकको रुपमा मागिएको हो । इच्छुकहरुले मन्त्रालयको वेवसाइट https://mohp.gov.np/home/ मा अनलाइन फाराम भरेर तीन दिनभित्र आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्