News Portal

  • झापाका १४ सहित प्रदेश- १ मा ८७ संक्रमित थपिए,

    रातोपोस्ट संवाददाता
    ४१३ पटक

    बिराटनगर, भदौ १६ । प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ८७ जना नयाँ संक्रमित थप भएका छन्।

    सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा समान १ जनामा संक्रमण पुष्टि भएको हो।

    सुनसरीको इनरुवा नगरपालिकामा ४ महिला २२ पुरुष, इटहरी उप महानगरपालिकामा ३ महिला १८ पुरुष, दुहवी नगरपालिकामा ३ महिला ४ पुरुष, धरान उप महानगरपालिकामा १ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यसैगरि, मोरंगको विराटनगर महानगरपालिकामा ३ महिला ७ पुरुष, बेलबारी नगरपालिकामा २ महिला १ पुरुष र रतुवामाई नगरपालिकामा २ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    झापाको दमक नगरपालिकामा ३ महिला ५ पुरुष, बाह्रदशीमा १ महिला ३ पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा समान १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

    पहाडी जिल्लातर्फ पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश भर हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ।

    अर्कोतर्फ प्रदेशमा मंगलबार १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२, रंगेली नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ३ पुगेको छ।

    प्रदेशमा आज १ हजार १ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)