News Portal

झापामा राप्रपा संयुक्तको अध्यक्षमा दाहाल

रातोपोस्ट संवाददाता
१०४१ पटक

झापा, भदौ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को झापा जिल्ला अध्यक्षमा देवराज दाहाल चयन भएका छन् । सोमवार झापाको मेचीनगर–१४ धाइजनमोडमा पार्टीको बैठकवाट दाहाललाई अध्यक्षमा चयन गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को झापा जिल्लाको २२ सदस्य समितिको उपाध्यक्षमा मनोज वोहोरा र टिकादेवी राय भट्टराई, सचिवमा नवराज घिमिरे, सहसचिवमा दुर्गा सेडाई, कोषध्यक्षमा सुसिला गौतम र प्रवक्तामा दिपेश राई (गोरे भाई) चयन भएका छन् ।

जिल्ला सदस्यमा निलम डाँगी, जिवन कडरिया, राजन घिमालसुसिला घिमिरे, तेजवहादुर सुवेदी, विक्रम आचार्य, दुर्गा श्रेष्ठ, राजु भट्टराई, राम प्रसाद खरेल, दुर्गालाल भट्टराई, भद्र लामिछाने, तुलसी गौतम, गोपाल दाहाल, शिवलाल गीरी र कनक राजवंशी (ठुलो) चयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रिय सदस्य देविमाया भट्टराईको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुशिला वस्नेत, माया गुरुङ, प्रदेश सदस्य ज्ञानबहादुुर मगर लगायतको उपस्थिती रहेको थियो । दिपेश राई (गोरे भाई) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्