News Portal

  • फेरि बढ्यो पेट्रोलको मूल्य

    रातोपोस्ट संवाददाता
    ८६२ पटक

    काठमाडौं, भदौ १६ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगम प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।

    मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पर्नेछ। पछिल्लो पटक इण्डियन आयल अर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आएकाले पेट्रोलको भाउ बढेको प्रवक्ता उपाध्यायले बताए।

    निगम प्रवक्ता उपाध्यायका अनुसार पेट्रोलको मूल्य बढेपनि डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने बढेको छैन।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)