News Portal

  • रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र

    रातोपोस्ट संवाददाता
    ५५४ पटक

    रौतहट, भदाै १६ । रौतहटका एक पुरुषलाई अज्ञात समूहले भारतमा बोलाएर हत्या गरेको छ।

    ईशनाथ नगरपालिका-७ सानो घ्युरा बस्ने ३२ वर्षीय दिनदयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको हो।

    अपरिचित व्यक्तिले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनको गोली हानी हत्या गरिएको थियो। हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ।

    गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)