News Portal

सशस्त्र प्रहरी गण पोखरामा २० जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६२२ पटक

काठमाडौँ, भदौ १७ । सशस्त्र प्रहरी गण पोखराका २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिराैटामा रहेको उक्त गणमा यस अगाडि १७ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

बुधबार बिहान उक्त गणका २० सहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, लमजुङ र नवलपरासीमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कास्कीमा २३, नवलपुरमा सात, लमजुङमा चार जना र तनहुँमा एकजनामा संक्रमण पुष्टि भएको छ । त्यसै गरि तनहुँँका संक्रमित पोखरा पार्कल्याण्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स रहेको निर्देशनालयले जानकारी दिएको छ ।

लमजुङ सुन्दरबजारका ५० वर्षीय पुरुष ओमनबाट आएका र सुन्दरबजार १ की ४९ वर्षीया महिला स्थानीय किरान पसल संचालक हुन् । बुधवार निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकीमा संक्रमितको संख्या २ दुई हजार दुई सय ४५ पुगको छ । मंगलबार गण्डकी प्रदेशमा ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्