News Portal

शिवसताक्षीमा एक युवकको शव फेला

रातोपोस्ट संवाददाता
७६६ पटक

झापा, भदौ १७ । झापाकाे शिवसताक्षीमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा सोही ठाउँका २८ वर्षीय गोमनसिंह भनिने गोविन मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ चोटसहितको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनको शव स्थानीय रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले देखेपछि प्रहरीमा खबर गरेका बताइएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले थप अनुसन्धान शुरु भएकाे जनाएको छ । स्थानीयबासीले मगरको हत्यामा संलग्नको पहिचान गरि पक्राउ गर्न माग गरेका छन् ।

अहिले घटना स्थाललाई सुरक्षित गर्ने काम गरिएको र संघिय प्रहरी कार्यालय धरानबाट कुकुर ल्याईदै गरेको र कुकुरले उक्त घटनाको विषयमा अनुसन्धान गर्ने र त्यसपछि मात्रै घटनाको विषय बोल्ने डीएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्