News Portal

कोरोनाबाट थप १२ जनाको ज्यान गयो, १ हजार १ सय २० नयाँ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६३४ पटक

काठमाडौं,  भदौ १८  । नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १ हजार १ सय २० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

जसमा काठमाडौं उपत्यकामा मात्रै ३ सय ८८ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्