News Portal

हुम्लाको रोडिकोटमा भीषण आगलागी : १५ घर जलेर नष्ट

रातोपोस्ट
७३६ पटक

काठमाडौं, भदौ १७ ।  हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ।

एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ। नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ। पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन।

आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)