News Portal

पाँच अन्तरराष्ट्रिय उडानमार्फत् बुधबार फर्किए ३४८ नेपाली

रातोपोस्ट संवाददाता
४९४ पटक

काठमाडौं, भदौ १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। ती उडानमार्फत् ३४८ यात्रु नेपाल फर्किएका छन्।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौं ल्याएको छ। निगमले नियमित उडानअन्तर्गत बुधबार काठमाडौं–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो।

निगमले जहाज केही बेरअघि मात्र काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो। बुधबार नै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ।

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ। कतार एयरवेजले दोहाबाट ९ हजार ३४२ कार्गो नेपाल ल्याएको छ। बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन्। हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौं गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ बुधबार विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन्। तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्