News Portal

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
९६५ पटक

चितवन, भदौ १८ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ११ की ४० वर्षीया महिला रहेकी छन्।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार ५ भदौमा श्‍वासप्रश्‍वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। १० भदौमा संक्रमण देखिएकोमा उनको गएराति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै चितवन जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपरासी (सुस्तापूर्व) का १/१ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्