News Portal

भारतमा एकै दिन ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
७३५ पटक

काठमाडौं, भदौ १८ । कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बिहीबार यो समाचार तयार पार्दा सम्म भारतमा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

एकै दिन ८२ हजार ८६० जना संक्रमित भएका छन्, यो संख्या भारतमा एकैदिन संक्रमित हुने अहिलेसम्म कै उच्च संख्या हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्