News Portal

नेविसंघद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

रातोपोस्ट संवाददाता
५३९ पटक

काठमाडौं, भदौ १८ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक भएको बताए ।

‘जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक छ । सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य न बनाओस,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो विषम परिस्थितिमा मूल्य वृद्धि गर्नु भनेको पीडामा रहेका जनतालाई झन पीडा दिई भोकमारी तर्फ धकेल्नु भएको नेविसंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकार बाहिर रहँदा सर्वहारा जनताको हकहितको मुद्दा उठाउने तर सरकारको नेतृत्वमा पुगेपछि गरिब, निमुखा जनतालाई बाँच्ने पनि अधिकार छैन भन्ने किसिमले नेकपाको ओली सरकारले जनतामाथि गरेको व्यवहारको नेपाल विद्यार्थी संघ घोर निन्दा गर्दछ ।’

यस्तो परिस्थितिमा सरकारले जनताको जीवन रक्षा मा ध्यान केन्द्रीत गर्दै सर्वसुलभ खाद्य समाग्री उपलब्ध गराउने र राहतको प्याकेज ल्याउनु पर्नेमा उल्टै जनताबाट रकम असुल गर्ने निकृष्ट कार्य नेविसंघलाई स्वीकार्य नहुने ढुंगानाले बताए । सरकारले मंगलबार राति १२ बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

प्रतिकृया दिनुहोस्