News Portal

  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु : मृतकको संख्या २५७ पुग्यो

    रातोपोस्ट संवाददाता
    ३०२ पटक

    काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कोभिड- १९ बाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या २५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

    चितवन, भक्तपुर, तनहु, र रुपन्देहीमा एक/एक महिला र सिन्धुपाल्चोक र रुपन्देहीमा एक / एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस कोभिड- १९ संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

    बिहीबार काठमाडौं उपत्यकामा मात्रै थप ४४५ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)