News Portal

प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६८५ पटक

विराटनगर, भदौ १८ । प्रदेश १ मा ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण हुँदा ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। एकै दिनमा संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी विराटनगरका ३३ जना छन्। विराटनगरमा १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमा विराटनगरसहित मोरङका ४४, सुनसरीका २८, झापाका १२, संखुवासभाका छ, धनकुटा र ते¥हथुमका दुई/ दुई र प्रदेश १ बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको सुन्दरहरैँचामा तीन पुरुष, लेटाङमा दुई महिला, एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक/ एक पुरुष र बूढीगंगामा एक महिलामा संक्रमण देखिएको छ।

सुनसरीको धरानमा चार महिला, १७ पुरुष, इटहरीमा एक महिला, दुई पुरुष, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका एक–एक पुरुष र देवानगञ्जमा एक महिलाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको कमल गाउँपालिकामा दुई महिला, चार पुरुष, बिर्तामोडमा चार महिला, एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङलुङमा एक महिला, एक पुरुष र प्रदेश १ बाहिरका एक पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार छ सय ८० पुगेको छ। हालसम्म ९३ हजार दुई सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा ८९ हजार छ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा बिहीबार ६० जना उपचारपछि कोरोना परास्त गरेर डिस्चार्ज भएका छन्। मारवाडी सेवा सदन आइसोलेसन केन्द्र विराटनगरबाट १८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३, होम आइसोलेसनबाट ११, कालीसदन आइसोेलेसन विराटनगरबाट सात, विराट मेडिकल आइसोलेसन केन्द्र बूढीगंगाबाट छ जना डिस्चार्ज भएका छन्।

त्यस्तै डिस्चार्ज हुनेमा रुम्जाटार आइसोलेसन केन्द्र, ओखलढुंगाबाट दुई, धाइजन आइसोलेसन केन्द्र झापाबाट दुई र वैजनाथपुर आइसोलेसन केन्द्र विराटनगरबाट एक जना रहेका छन्। हालसम्म प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ४७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्