News Portal

जेलका काला पर्खालसँग हार्नुहुँदैन-कमरेड माइला लामा

माइला लामा
२३०१ पटक

जेलका काला पर्खालसँग हार्नुहुँदैन
संसार मुक्त गर्ने अठोट मार्नुहुँदैन

जेलको छानामुनि कैयौं योद्धा हुर्कन्छन्
जिलभित्रै कैयौं महानायक जन्मन्छन्
जेलभित्रै जेललाई जित्न सक्नुपर्छ
अँध्यारोमा उज्यालो देख्न सक्नुपर्छ
जेलका…

कहिले छाउँछन् निराशाका काला बादलहरू
कहिले आउँछन् बेइमानीका गन्धे लालचहरू
विचलनका अाँधी तुफान छेक्न सक्नुपर्छ
संघर्षमै सुन्दर जीवन देख्न सक्नुपर्छ
जेलका…

समानताको हाम्रो बिहान पक्कै उदाउनेछ
धर्तीभरि न्यायो न्यानो खुसी सजाउनेछ
एकदिन जेलका काला पर्खाल सबै ढालिनेछन्
अत्याचारका खुनी जञ्जिर सबै फालिनेछन्
जेलका…।।                                                              क्रान्तिकारी  जनकलाकार कमरेड माइला लामाकाे यो गित जीवन झाेलामा  एल्बमबाट । माइला लामा यतिबेला संखुवासभा जिल्ला कारागारमा जेलजीवन बिताइरहेका छन्। उनलाई राजनितीक आस्थाका आधारमा प्रहरीले गिरफ्तार गरेको थियोे ।

प्रतिकृया दिनुहोस्