News Portal

  • गृहमन्त्री राहतसहित पुगे बागलुङको बाढी प्रभावित क्षेत्र

    रातोपोस्ट संवाददाता
    ३२३ पटक

    काठमाडौं, भदौ १९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोलीले बागलुङको बाढी ग्रस्त क्षेत्रमा पुगेको छ।

    राहतसहितको टोली शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा स्थलगत निरीक्षणको लागि पुगेको हो। टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन्।

    बिहीबार नै राहतसहित हिँडेको टोली खराब मौसमको कारण प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)