News Portal

  • एक सुरक्षाकर्मी सहित मेचीनगरमा थप ४ जनामा कोरोना सक्रमण

    रातोपोस्ट संवाददाता
    २७० पटक

    झापा, भदौ १९ । झापाको मेचीनगरमा आज एक सुरक्षाकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    काकरभिट्टाको पुर्वी सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका एक जना, धुलाबारी स्थीत अतिथि सदन क्वारेन्टाईनका दुई जना र धुलाबारीकै पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान टाउन हल क्वारेन्टाईनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हाे।

    मेचीनगर वडा नम्बर -१० का २ जना, वडा नम्बर ७ का १ जना, एक सुरक्षाकर्मीगरि ४ जनामा काेराेना पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताए ।

    भदौ १६ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा आज प्रतिष्ठानले जारी गरेको पिसिआर रिपोटमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको बराल जानकारीले दिए । संक्रमित भएका ४ जनालाई मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको आइशोलेशन सेन्टरमा राखिएको छ ।

    आज पुष्टी भएका सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ । त्यसमध्ये आजको एक संक्रमित सहित संक्रमित शसस्त्र प्रहरीको संख्या ३३ पुगेको छ । मेचीनगर ११६ संक्रमित मध्ये १०४ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)