News Portal

अर्थमन्त्रीले दिए राजीनामा

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रवार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी मन्त्रिपरिषद वैठकमा पनि सहभागी भएका थिए ।

अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएलगत्तै उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि छ महीना उनी मन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस्