News Portal

आज यी ठाउँमा भारी वर्षाको सम्भावना

रातोपोस्ट संवाददाता
४०५ पटक

काठमाडौं,भदौ २० । प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा मौसममा पूर्णतया बलदी भई अहिले बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रदेश १, बागती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन्सक्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ ,बागमती सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्