News Portal

बुटवलको कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
६८७ पटक

बुटवल, भदौ २० । बुटवलमा कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो ।

दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

प्रतिकृया दिनुहोस्