News Portal

गोमनसिंहकाे हत्या उनकै साथीबाट भएकाे प्रहरीले गर्याे सार्वजनिक

रातोपोस्ट संवाददाता
१०७९ पटक

झापा,भदौ २० । झापाको शिवसताक्षी- ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले सार्वजनिक गरेको छ ।

शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो । हत्या भएको दिन लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार बेलुका ६ :३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए ।


गोमनसिंह सोही समयमा (प्रदेश ०१–०१०१२ प ५२२५ नं.०) मोटरसाइकल लिएर घरबाट निकिस्कएक हुन् ।

बेलुकाको फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछडी सिटमा बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिलेबाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ ।

मगर मोटरसाइल सहित सडमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पुनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।

मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार सव फेला परेको थियो ।

प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।

प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजविच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।

लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।

थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।

निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्