News Portal

तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी लेलेको जंगलमा मृत भेटिइन्

रातोपोस्ट संवाददाता
६०२ पटक

काठमाडौ, भदौ २० । ललितपुरको अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बनमा फेला परेको छ ।
भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएका थिए । गीताको हत्या भएको आशंका गरिएको छ । घटना अनुसन्धानको सिलसिलामा मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।

केसी ललितपुरस्थित अल्का अस्पताल–२ मा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिइन् । हत्या आशंकामा भतिजा निर्मललाई प्रहरीले भैंसेपाटीबाट पक्रोको हो । मृतक पनि भैसेपाटीमा परिवारसँग बस्दै आएकी थिइन् ।

गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्