News Portal

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, १५६६ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौ, भदौ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्