News Portal

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३०६ पटक

    काठमाडौं, भदौ २० । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना

    संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ। यस्तै, शनिबार नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २७ हजार १२७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)