रातोपोस्ट संवाददाता

झापा, भदौ २१ । झापामा एक कोरोना संक्रमित महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचारत झापाको कन्काई नगरपालिका –३ की ४५ बर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।
उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनुका साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
मधुमेहको रोगी समेत भएको उनी सुरुमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा गम्भीर समस्या भएपछि त्यहाँबाट १८ गते वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।