News Portal

पाेखरा फुड्स प्रालिका २५ सहित गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६७७ पटक

पाेखरा, भदौ २२ । गण्डकी प्रदेशमा साेमबार पाेखरा फुड्स प्रालिका २५ सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष रहेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन्।

कास्कीका ३१ जना, पूर्वीनवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनाका संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।

प्रतिकृया दिनुहोस्