News Portal

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३३४ पटक

नेपालगञ्ज, भदौ २२ । बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेकोे उपचारमा संलग्न चिकित्सकले बताएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको श्रेष्ठले बताए।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो। १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। यो सँगै बाकेमा कोरोना सक्रमणबाट मुत्यु हुनेको संख्या सात पुगेको छ।

प्रतिकृया दिनुहोस्