News Portal

  • नेकपा स्थायी कमिटीको बैठक भदाै २६ गते बस्ने

    रातोपोस्ट संवाददाता
    ३२६ पटक

    काठमाडाैं, भदाै २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदाै २६ गते बोलाइएको छ। नेकपाले गत १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक २६ भदौमा बोलाएको हो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार बिहान महासचिव बिष्णुप्रसाद पौडेल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको हो ।

    गत १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण अनिश्चित बनेको थियो ।

    सहमतिका लागि सुझाव पेश गर्न महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले ६ भदौंमा नै प्रतिवेदन बुझाइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)