रातोपोस्ट संवाददाता

ताप्लेजुङ, भदौ २२ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा- ४ तेल्लोकमा पहिरोमा परेर २ जनाको ज्यान गएको छ ।
नागदेवा जलविद्युत आयोजनाको पावर हाउसमा काम गर्ने दुई जना कर्मचारीकाे मृत्यु भएकाे हाे ।
गएराति नागदेवा लघु जलविद्युत आयोजनाको पावरहाउससँगै पहिरोमा पुरिएका राजु लिम्बु र विष्णुदास थेवेको ज्यान गएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताए ।
सिरिजङ्घामा गएराति ठूलो पानी परेको र पहिरो जाँदा निकै परसम्मको जमिन पनि थर्किएको स्थानीयले बताएका छन् ।