News Portal

थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३१२ पटक

काठमाडौ , भदौ २२ । नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै  नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्