News Portal

झापामा थप १५ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
८९१ पटक

झापा, भदौ २२ । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका वडा- ५ का १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा- ६ का १ जना पुरुष र कनकाई नगरपालिका वडा- ३ र ७ का ७ जना महिला र ६ जना पुरुष छन् ।

बाह्रदशीका ३० वर्षीय र बिर्तामोडका ३६ वर्षीय स्थानीय पुरुष हुन् । कनकाईका १३ जनामध्ये १ जना भारतबाट आएका हुन् भने अन्य १२ जना स्थानीय रहेको चौलागाईले बताए ।
योसँगै झापामा संक्रमितको संख्या ६७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्