News Portal

  • तनहुँमा जीप खोलामा खस्दा दुईको मृत्यु, छ घाइते

    रातोपोस्ट
    ४७७ पटक

    तनहुँ, भदौ २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)