
कास्की, भदौ २३ । गण्डकी प्रदेशमा मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–२ की ५७ वर्षीया महिला र २२ वर्षीय पुरुष, वडा नम्बर ५ का ३८ वर्षीय पुरुष र ३२ वर्षीया महिला तथा वडा नम्बर ८ की २५ वर्षीया महिला रहेका छन्। यस्तै, कावासोती नगरपालिका–२ की २३ वर्षीया युवतीमा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ।
कास्कीको पोखरा महानगरपालिकाका ५ जनामा पनि संक्रमण रहेको पाइएको छ। संक्रमितहरु वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष, वडा नम्बर १२ का २६ र २२ वर्षीय पुरुष र वडा नम्बर २७ का ४२ वर्षीय पुरुष रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या २ हजार ६ सय १२ पुगेको छ। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ।