News Portal

थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३१३ पटक

काठमाडौँ, भदौ  २३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ३२ हजार ९६४ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २ हजार २८७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ८६८ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ५ हजार ३१० जना छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा ६ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्