News Portal

नेपालमा २४ घण्टायता ६ जना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं, भदौ २३ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ५ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ८० बर्षिय महिला रहेकी छन् । त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ७० बर्षिय पुरुष, पर्साका ५४ बर्षिय र ६० बर्षिय, काठमाडौँका ८५ बर्षिय र कपिलवस्तुका ६२ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ३०७ महिला र ५९५ पुरुषसहित ९०२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

प्रतिकृया दिनुहोस्