News Portal

  • कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ४७४ पटक

    काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

    महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)