News Portal

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४०९ पटक

काठमाडौं, भदौ २४ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१२ पुगेको छ।

यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।

संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्