News Portal

नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४५९ पटक

काठमाडौं, भदौ २४ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्