News Portal

  • उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायातमा जोरबिजोर लागू

    रातोपोस्ट संवाददाता
    २६२ पटक

    काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकामा तीन साता यता जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ।

    बुधबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयबीचको बैठकले जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। उनले भोलिदेखि नै उपत्यकामा सार्वजनिक सवारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने छन्।

    यस्तै, निजी तथा सार्वजनिक यातायातको हकमा १६ सिटसम्मका सवारी साधन पनि जोरविजोर प्रणाली अनुसार नै सञ्चालन हुने दाहालले बताए। यस्तै, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर व्यापार व्यसाय पनि सञ्चालन गर्न पाइने छ।

    तर, सिनेमा हल, होटल तथा रेष्टुरेन्ट र स्कुलहरु पनि सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञाबारे थप सूचना केहीबेरमा प्रकाशित गरिने दाहालले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)