News Portal

  • रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ११७१ पटक

    रौतहट , भदौ २४ । रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार बिहान आएको रिपोर्टमा आफूसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको डिएसपी शाहीले जानकारी दिए। डीएसपी शाहीले आफूहरुमा कोरोनाको कुनै लक्षण नरहेको र सबैको स्वास्थ्य ठीक रहेको बताएका छन्।

    उनले भनेका छन्,‘हामीलाई विश्वास छ। धैर्यता, आत्मविश्वास र स्वास्थ्य सतर्कताप्रति सचेत रहँदै निको भई समाजको शान्ति सुरक्षाका लागि जनताको सेवामा छिट्टै फर्किने छौँ।’ संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर नगरपालिका–२ मा रहेको आइसोलेसनमा पठाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)