News Portal

गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५६१ पटक

काठमाडौं, भदौं २५ । गण्डकी प्रदेशमा ६ जिल्लामा बिहानै ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका १९, बाग्लुङका ९, नवलपरासीका ५ जना, स्याङ्जाका १२ जना, तनहुँका ३ जना र पर्वतका १ जनामा संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन् पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत छन् ।

पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्