News Portal

थप १२ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

रातोपोस्ट संवाददाता
४५५ पटक

काठमाडौं, भदौ २५ । नेपालमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४०२ महिला र ८४४ पुरुषसहित १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय १८ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ३५ हजार ७ सय जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख १० हजार ४८५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ४३८ जना रहेका छन् । अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १६५ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल २१ रहेका छन् ।

प्रतिकृया दिनुहोस्